१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवामा कांग्रेसको वडा अधिवेशन सम्पन्न  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:१o:oo

रसुवामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको पाँचवटा गाउँपालिकाको २७ वटै वडामा कांग्रेसको वडा अधिवेशन  सम्पन्न भएको नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले जानकारी दिए । जिल्लामा क्रियाशील सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशन आइतबारदेखि सुरु भएको थियो । 

जिल्लाको २६ वटा वडामा सर्वसम्मतिबाट नेतृत्व चयन भएको हो भने उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ मा भने मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो । वडा अधिवेशन सम्पन्न भएसँगै अब पालिका अधिवेशन हुने सभापति तामाङले बताए । जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रबाट तोकिएर आएका निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनकसिंह साउद खटिएका छन् । 

उनीहरूले अधिवेशन सम्पन्न गराउनका लागि जिल्लाको २७ वटै वडामा शिक्षक संघका शिक्षकहरूलाई अधिकृतको रूपमा खटाएका छन् । आज नेपाली कांग्रेस रसुवाको पालिका अधिवेशन तोकिएको थियो । तर, सबै वडाको अधिवेशन सम्पन्नको डकुमेन्ट आइनपुगेको  निर्वाचन अधिकृत सुमनकुमार केसीले जानकारी दिए । 

सबै वडामा नेतृत्व चयनको डकुमेन्ट प्राप्त भएपश्चात् पालिका अधिवेशनको प्रक्रियामा जाने केसीले बताए ।  ‘केही वडाको नेतृत्व चयन भएका पदाधिकारीको डकुमेन्ट आइपुगेको छ, अधिकांश वडाको आउन बाँकी छ,’ उनले भने, ‘सबै वडाको डकुमेन्ट आएपछि मात्रै पालिका अधिवेशन सुरु हुन्छ।’

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फारम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन: समावेश गराएसँगै विवाद समाधान भएको थियो । निर्वाचन अधिकृत केसीका अनुसार जिल्लामा नेपाली कांग्रेसको तीन हजार नाै सय ६४ क्रियाशील सदस्य रहेका छन् । 

 

ad
ad