मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
मञ्जु टेलर काठमाडाैं
२०७८ कार्तिक ३० मंगलबार ०६:२७:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चिसोले बालबालिकामा निमोनियाको जोखिम बढ्यो 

१० वर्षमा निमोनियाबाट नेपालमा २३ हजारभन्दा बढी बालबालिकाको मृत्यु

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ कार्तिक ३० मंगलबार ०६:२७:००

जोन हप्किन्स युनिभर्सिटीले गरेको विश्वव्यापी सर्वेक्षणअनुसार निमोनिया संक्रमणबाट गत वर्ष विश्वभर आठ लाखभन्दा बढी बालबालिकाको ज्यान गएको थियो । अर्थात् विश्वभर निमोनियाका कारण प्रत्येक ३९ सेकेन्डमा एक बच्चाको ज्यान जान्छ ।

एक सातादेखि तीन वर्षीया छोरीलाई रुघाखोकी र ज्वरो निको नभएपछि सीतापाइला बस्दै आएकी गीता गुरुङ सोमबार कान्ति बाल अस्पताल पुगेकी थिइन् । उनले स्थानीय मेडिकलबाट औषधि ल्याएर छोरीलाई खुवाइरहेकी थिइन् । तर, ज्वरो र कोखा हान्ने समस्या अझै बढ्दै गएपछि अस्पताल आएको उनले बताइन् । उनी भन्छिन्, ‘५–६ दिनदेखि घरका सबैजनालाई रुघाखोकी लागिरहेको थियो । चिसोले होला भनेर वास्ता गरिनँ । नानीलाई ज्वरो बढ्दै गएकोले निमोनियाको शंका गरेर बिहानै अस्पताल आएँ ।’ उनी परीक्षणका लागि पालो कुरेर बसिरहेकी थिइन् । 

कान्ति अस्पतालका अनुसार गुरुङको जस्तै समस्या लिएर आउनेको संख्या केही दिनयता बढिरहेको छ । अधिकांश यस्ता बालबालिकामा रुघाखोकी र ज्वरोसहितका लक्षण हुने गरेको छ । कोभिड र मौसमी फ्लुका अधिकांश लक्षण मिल्दाजुल्दा भएकोले समेत परीक्षणका लागि अस्पताल आउने बढ्न थालेको चिकित्सकहरू बताउँछन् । नियमित परीक्षणका लागि मात्रै नभई रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा कठिनाइजस्ता लक्षणसहितका बालबालिकाले इमर्जेन्सी वार्डमा समेत भिड लागेको छ । बालबालिकाको उपचार हुने अन्य अपस्तालका इर्मेजेन्सी र ओपिडीका बेडहरू निमोनियाका लक्षणसहितका बिरामीले भरिन थालेको डा. सन्तोष मानन्धर बताउँछन् । 

निमोनिया एन्टिबायोटिकको प्रयोगबाट निको पार्न सकिन्छ । साथै, बालबालिका र वृद्धवृद्धाका लागि निमोनियाविरुद्धको भ्याक्सिनसमेत उपलब्ध छ । तर, नेपालमा हरेक वर्ष ज्यान गुमाउने पाँच वर्षमुनिका बालबालिका मध्ये करिब १३ प्रतिशतको मृत्यु निमोनियाबाट हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर अधिकतम १५ प्रतिशत बालबालिकाको मृत्यु निमोनियाबाट हुने गरेको छ । परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार, प्रतिएक हजार बालबालिकामध्ये ८० देखि सयजना बालबालिका निमोनियाबाट प्रभावित हुन्छन् । यस्तै हरेक वर्ष डेढ लाखभन्दा बढी बालबालिका निमोनियाको लक्षण लिएर अस्पताल पुग्ने गरेका छन् । विभागको तथ्यांकअनुसार आव ०७६/७७ मा एक लाख २९ हजार २३ जना पाँच वर्षमुनिका बालबालिका अस्पताल पुगेका थिए भने ०७५/७६ मा एक लाख ५० हजार आठ सय ८७ बालबालिका निमोनियाबाट प्रभावित भएको तथ्यांक छ । यो वर्षको तथ्यांक भने विभागले सार्वजनिक गरेको छैन । तर, कोभिड संक्रमण र अत्यधिक चिसोका कारण निमोनिया सिभियर (जटिल) हुने जोखिम बढेको चिकित्सकहरू बताउँछन् । 

निमोनियाका कारण विश्वमा प्रत्येक ३९ सेकेन्डमा एक बच्चाको मृत्यु
उपचार सहज बन्दै गए पनि निमोनियाबाट नेपालमा बालबालिकाको मृत्युदर भने बढ्दै गएको छ । युनिसेफको एक तंथ्याकअनुसार पछिल्लो एक दशकमा नेपालमा निमोनियाबाट २३ हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन् । डा. प्रभाकर शाहका अनुसार, निमोनिया ब्याक्टेरिया, भाइरस वा फन्जाईको संक्रमणबाट हुन्छ र बालबालिकाको फोक्सो पिप र तरल पदार्थले भरिँदा सास फेर्न छोड्छ । निमोनिया बालबालिकाको मृत्युको मुख्य कारण बन्ने गरेको छ । जोन हप्किन्स युनिभर्सिटीले गरेको विश्वव्यापी सर्वेक्षणअनुसार निमोनिया संक्रमणबाट गत वर्ष विश्वभर आठ लाखभन्दा बढी बालबालिकाको ज्यान गएको थियो । अर्थात् विश्वभर निमोनियाका कारण प्रत्येक ३९ सेकेन्डमा एक बच्चाको ज्यान जान्छ । 

चिसो मौसममा दम, ब्रोंकाइटिसजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याले जटिल रूप लिन्छन् । कोभिड संक्रमणले फोक्सोमा प्रत्यक्ष असर गर्ने हुँदा दमका बिरामीहरूमा जटिलता थपिँदै गएको छ । 

डा. प्रकाश पौड्याल, वरिष्ठ छातीरोग विशेषज्ञ

केही प्रकारका निमोनियालाई भ्याक्सिनद्वारा रोकथाम गर्न सकिन्छ र उचित निदान भएमा कम लागतमा एन्टिबायोटिकद्वारा सजिलै उपचार गर्न सकिन्छ । तर, नेपालमा पाँच वर्षमुनिका पाँच बालबालिकामध्ये भ्याक्सिनको पहुँचमा एकजना मात्रै रहेको पाइन्छ । साथै, निमोनियाका लक्षण भएका धेरै बालबालिका उपचारको पहुँचबाहिर रहेकाले समेत मृत्युदर नियन्त्रणमा आउन नसकेको अध्ययनको निष्कर्ष छ । 

निमोनिया मात्रै नभई चिसो र कोभिडका कारण यो वर्ष मौसमी फ्लुको समस्या पनि बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । यसबाहेक हाल उपचारका लागि मौसमी फ्लू अर्थात् डेंगी, स्क्रब टाइफस, इन्फ्लुएन्जाको समस्या लिएर अस्पताल पुग्नेको संख्या बढेको पाइन्छ । सामान्यतया चिसो बढ्दै गएपछि विभिन्न फ्लु, श्वासप्रश्वसम्बन्धी समस्या, निमोनिया, बाथरोग र मुटुसम्बन्धी समस्या बढ्ने जोखिम छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार, एक दशकयता मौसमी फ्लु र निमोनियाबाट प्रभावित हुने संख्या निरन्तर बढिरहेको छ ।

कोभिडले श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने
चिसो मौसममा दम, ब्रोंकाइटिसजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याले जटिल रूप लिने गरेको छ । कोभिड संक्रमणले फोक्सोमा प्रत्यक्ष असर गर्ने हुँदा दमका बिरामीहरूमा जटिलता थपिँदै गएको बताउँछन्, वरिष्ठ छातीरोग विशेषज्ञ डा. प्रकाश पौड्याल । उनका अनुसार कोभिडले लामो समयसम्म अस्पताल बसेका वा फोक्सोमा असर पुर्‍याएका व्यक्तिहरूमा दम र ब्रोंकाइटिसको समस्या बढ्न सक्छ । यस्तै दम र अन्य श्वासप्रश्वाससम्बन्धी एक्युट समस्या हुने व्यक्तिमा कोभिड संक्रमणको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य सेवा विभागका अनुसार आव २०७७/०७८ मा श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्या लिएर १३ लाख ४६ हजार दुई सय ७१ जना स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पताल पुगेको प्रारम्भिक तथ्यांक छ । अत्यधिक चिसो र लामो समयसम्म कोभिड प्रभावित बढेकोले यो वर्ष श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढ्न सक्ने चिकित्सकहरूको अनुमान छ ।

 डेंगुको जोखिम कायमै
डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ

वर्षायाम सकिए पनि डेंगुको जोखिम कायमै छ । चिसो बढ्दै जाँदा डेंगु संक्रमण नियन्त्रणमा आउने भए पनि यो वर्ष अहिलेसम्म पनि अस्पतालमा डेंगुका बिरामीको चाप छ । भाइरल संक्रमणको उपचार हुने सबैभन्दा ठूलो अस्पताल टेकुमा हाल डेंगु परीक्षणका लागि दैनिक चाप देखिन थालेको छ ।

चिकित्सकहरूका अनुसार डेंगुका अधिकांस लक्षण कोभिडसँग मिल्दोजुल्दो हुन्छ । यही कारण स्वास्थ्य परीक्षणविना अनावश्यक औषधिको प्रयोगसमेत बढेको बताउँछन्, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन । उनी भन्छन्, ‘मौसमी फ्लु र कोभिडका अधिकांश लक्षण मिल्ने हुँदा उपचारमा समेत कठिनाइ छ ।’

इन्फ्लुएन्जा र स्क्रब टाइफस संक्रमणसमेत जाडो मौसमको सुरुवातीमा देखिने गरेको पाइन्छ । कोभिडपश्चात् एच३ अर्थात् हङकङ फ्लु र भिक्टोरियाका संक्रमित बढी देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

योसँगै फ्लु बीअन्तर्गत यमागार्टा र भिक्टोरियाभन्दा फरक फ्लु बढी देखिन थालेको छ । जसलाई ‘सन् २०२१ पछि ‘नट डिटरमाइन्ड’ अर्थात् पहिचान नभएको अर्को फ्लु नाम दिइएको छ । यसबाहेक चिसोका कारण ज्वरो, रुघाखोकी, टन्सिल आदिले समेत समस्या निम्त्याउने गर्छ ।