मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २९ सोमबार १०:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार आन्दोलनमा आज पनि प्रहरीको धरपकड, २० जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २९ सोमबार १०:४३:००

कानुन व्यवसायीहरूले सर्वाेच्च अदालत परिसरमा गरेको प्रदर्शनमा आज पनि प्रहरीले धरपकड गरेको छ । प्रहरीले प्रदर्शनमा सहभागी २० कानुन व्यवसायीलाई पक्राउ गरेको छ । प्रहरीले अघिल्ला दिनहरूमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीहरूलाई जान रोक लगाएको थियाे ।

घेरा तोडेर प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले केही प्रदर्शनकारीमाथि लाठीचार्जसमेत गरेको छ । प्रहरीले नाराबाजी गरिरहेका बार व्यवसायीहरूको माइकसमेत  खोसेको छ ।