१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
आफ्ना दुई बालकको शंकास्पद मृत्युपछि भावविह्वल हुँदै परिवार
२o८१ बैशाख ३० आइतबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रौतहटमा एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:२o:oo

रौतहटको देवाही गोनाही नगरपालिका– ५ टिकुलियास्थित एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु भएको छ । टिकुलियाका सञ्जय मुखियाका पाँच वर्षीय छोरा आकाश र चार वर्षीय छोरा विकासको विषयका कारण शंकास्पद मृत्यु भएको हो ।

उनीहरूको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुवै बालकहरूलाई रिसइवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारको भनाइ रहेको छ । प्रहरीले यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए  ।

उनका अनुसार बालकहरूको विषका कारण मृत्यु भएको हो । ती बालकहरूलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि आइतबार साँझ वीरगन्ज लैजाँदै  गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ । 

ad
ad