मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले भन्यो– न्यायालयको समस्याले शक्तिपृथकीकरणको सिद्धान्त खलबलिने स्थिति बन्यो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२२:oo

सत्तारुढ नेकपा एकीकृत समाजवादीले न्यायलयमा देखिएको समस्याले देशको संविधानले सुनिश्चित गरेको शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुगेको निष्कर्ष निकालेको छ। शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा भएको बताएका छन्। 

एकीकृत समाजवादीले संकट समाधानको लागि राजनीतिक दलहरू, न्याय क्षेत्रका सरोकारवाला पक्षहरूबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ। 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– ‘कानुन क्षेत्रका विद्वान अधिवक्ताहरू, उनीहरूका संगठन र नागरिक समाजका अगुवाहरू न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित छन्। न्याय क्षेत्रको विद्यमान अवस्था र संकटप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ। यो संकट समाधानको लागि राजनीतिक दलहरू, न्याय क्षेत्रका सरोकारवाला पक्षहरूबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ ।’
यस्ता छन् बैठकका निर्णय