१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पौडेलको प्रश्न– सानेपाबाट भाग्नुपरेको छ, समस्या समाधान नगरी कसरी प्रस्ताव पास हुन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५४:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समस्या समाधान नगरी प्रस्ताव पास गरेर मात्रै अर्थ नहुने बताएका छन्। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले प्रश्न गरे, सानेपा (पार्टी केन्द्रीय कार्यालय)बाट भाग्नुपर्ने अवस्थामा कसरी अघि बढ्ने ?

पौडेलले रौतहट  र डडेल्धुराका कार्यकर्ता अनसन बसिरहेको तर्फ बैठकको ध्यानाकर्षण गराए। उनले भनेका छन् – रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। सोही कारण हामी भागेर बुढानीलकण्ठमा बैठक बसेका छौँ। सानेपाबाट भाग्नुपरेको छ। हामी कसरी अघि बढ्ने हो ? तपाईंकै जिल्ला डडेल्धुराका मान्छे सानेपा बसेका छन्। मैले भनेर हुने होइन तपाईंको जिल्लाको कुरा हो मैले छोएर हुने होइन। पार्टीको कार्यालय छोडेर हिँड्नपर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनसन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्गाशैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने ? अवस्था सुधार्ने कि नगर्ने ? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यकर्ता आउँछन्, गुनोसो कसले सुनिदिने ? हामी सबै यहाँ बसेका छौँ। यी समस्या कसरी टुंगो लगाउने ? समस्या समाधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? पास पास मात्र भनेर हुन्छ ?