मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१८ लाख नगदसहित पोखराबाट ६ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५७:oo

कास्की प्रहरीले १८ लाख ७५ हजार पाँच सय ३० रुपैयाँसहित ६ जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं.१२ चापापानीस्थित नबिन गौचनको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार उनीहरूलाई रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए।

सो घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। हमालका अनुसार गौचनले घर नै भाडामा लिई सिसिटिभी क्यामेरा जडान गरी संगठित रूपमा जुवा खेल्ने खेलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेहरूमा मुस्ताङको थासाङ गाउँपालिका–३ घर भई हाल पोखरा १२ चापापानी बस्ने ३२ वर्षीय नवीन गौचन, पोखरा १२ फूलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा १२ माटेपानी बस्ने ३८ वर्षीय सूर्य गुरुङ, दैलेख नौमुले गाउँपालिका– ८ घर भई हाल पोखरा २६ विजयपुर बस्ने ३५ वर्षीय खम्बसिंह राना, मोदी गाउँपालिका– १० घर भई हाल पोखरा १३ संगम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा–१९ घर भई हाल पोखरा–१६ दीप बस्ने ३५ वर्षीय श्याम श्रेष्ठ रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको हमालले जानकारी दिए।