१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पार्टीमा टपर्टुइयाँवाद हाबी भयो : संयोजक पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:१२:oo

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीमा टपर्टुइयाँवाद हाबी भएको बताएका छन् । संयोजक पाण्डेले शनिबार विज्ञप्ति जारी गरी केही सचिवालय सदस्यहरूको राजनीतिक वैचारिक परिचयलाई नै धमिल्याउने र बिटुलो बनाउने काम भएको भन्दै टपर्टुइयाँवादको पछि नलाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे।

'गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, सामाजिक न्यायको आन्दोलनमा निरन्तर सडक संघर्ष गर्ने केही सचिवालय सदस्यहरू प्रकाशचन्द्र परियार, शोभा शाक्य, निरुपमा यादव, प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठलगायत साथीहरू पार्टी फुट रोक्न, पार्टीलाई ठिक दिशामा लगाउन भूमिका खेल्दै गर्दा उहाँहरूलाईसमेत आफ्नो पक्ष भनेर प्रचार गरिँदा उहाँहरूको राजनीतिक वैचारिक परिचयलाई नै धमिल्याउने र बिटुलो बनाउने काम भएको छ यो प्रवृत्तिबारे हामी सबै सचेत हुन जरुरी छ। तसर्थ, टपर्टुइयाँवादको पछि नलाग्न हामी सबै साथीहरूलाई अनुरोध गर्दछौँ,' पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीका 'अध्यक्ष' रवीन्द्र मिश्रको आफ्नो पक्षमा ८० प्रतिशत समर्थन छ भन्ने दाबीमा समेत कुनै सत्यता नरहेको उनले स्पष्ट पारेका छन् । 

यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

 

ad
ad