१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमफेदीमा ट्याक्सी दुर्घटना : एकको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। मंगलबार बिहान काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ज २९६८ नम्बरको ट्याक्सी जुरिखेतमा दुर्घटना भएको हो।
    
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार मृत्यु हुनेमा पर्सा सुकुवा गाउँपालिका बस्ने ३५ वर्षीया शिवजानकी थारू चौधरी रहेकी छिन् । उनको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित खानीखेत प्रहरी चौकीमा कार्यरत ४१ वर्षीय प्रहरी सहायक निरीक्षक रामचन्द्र साह गम्भीर घाइते भएका छन्। उनको नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचार भइरहेको डिएसपी रिमालले बताए। 

सामान्य घाइते भएका ट्याक्सीचालक पर्सा सुकुवा गाउँपालिका बस्ने ४० वर्षीय सुरेन्द्र महतोलाई उपचारपछि थुनामा राखिएको प्रहरी जनाएको छ।