मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Friday, 14 August, 2026
२o७८ कार्तिक २२ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चारजना कारागारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार १३:२४:oo

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चारजनालाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ। स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए।

दसैँको सप्तमीका दिन बिहान ३ बजे स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घरअगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि उनीमाथि दुर्व्यवहार गरेका थिए। सिकिन्दरसहित परिवारका चारैजनाले सुकमरियाले टुनामुना लगाएको भन्दै उनलाई मलमूत्र खुवाएका थिए।

सुकमरियालाई घरअगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नांगाे बनाइदिएको, टाउको र अनुहारमा मोसो दलेर मानव मलमूत्र खुवाएका थिए।