मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रासस खार्तुम
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने सुडानका सैन्य प्रमुखको प्रतिबद्धता

Read Time : < 1 मिनेट
रासस खार्तुम
नयाँ पत्रिका खार्तुम
Invalid date format १२:५६:oo

सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कु’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन्। यहाँ गत महिना सैनिक ‘कु’ भएको भनिएलगत्तै यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको थियो।

प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई यहाँका सैनिक सिपाहीहरूले घरमै नजरबन्दमा राखेका थिए। यहाँका सैनिक प्रमुख अब्देल फताह अल बुर्हानले सुडानमा प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्। अरब लिगको प्रतिनिधिमण्डलसँग आइतबार उनले आफू यहाँका राजनीतिक दलहरूलाई नै प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका थिए।

अरब लिगका महासचिव होसाम जाकीको नेतृत्वमा सो प्रतिनिधिमण्डल उनलाई भेट्न आइतबार गएको थियो। अरब लिगले यसअघि पनि उनलाई सत्ता त्याग्न आग्रह गरेको थियो। आइतबार गएको सो प्रतिनिधिमण्डललाई उक्त कुरा बताएको महासचिव जाकीले जानकारी दिएका हुन्। केही समययतादेखि यहाँ प्रजातन्त्र पक्षधर समूहको आह्वानमा आन्दोलन जारी रहेको छ।

सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो। त्यस वेलादेखि नै सेना र नागरिक सरकारका बीचमा सम्बन्ध असहज रहिआएको थियो।