१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ १ मंगलबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वृद्धा महिलालाई जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:oo:oo

घरमा कोही नभएको मौका छोपी वृद्धा महिलालाई जबर्जस्ती करणी गर्ने ४१ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको खाँडादेवी गाउँपालिका– १ राकाथुमकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही जिल्ला सूर्यपूरा गाउँपालिका– ८ स्थायी घर भई हाल रामेछापको खाँडादेवी गाउँपालिका– १ राकाथुमको एक कृषि फार्ममा काम गर्दै आएका कृष्ण विकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरी रामेछाप जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ । 

विकले घरमा कोही नभएको मौका छौपी वृद्धा महिलालाई जबर्जस्ती करणी गरेर भागेका थिए । जबर्जस्ती करणीपछि वृद्धा महिलाको अत्यधिक रूपमा रक्तश्राव भएपछि उनका घरपरिवारका सदस्यले उपचारका लागि खाँडादेवीकै राकाथुममा रहेको स्वास्थ्य चौकीमा भर्ना गरेका थिए । गाउँमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित सिनामंगलमा रहेको केएमसी अस्पतालमा भर्ना गरिएको थियो । 

उपचारको क्रममा वृद्धा महिलालाई चिकित्सकहरूले रुक्तश्राव हुनुको कारण सोधी गर्दा उनले आफूमाथि घरमा नै बलात्कार भएकाले रक्तश्राव भएको बताएपछि घटना बाहिरिएको हो । घटनाको विषयमा पीडित महिलाले दिएको प्रारम्भिक सूचनाको आधारमा जबर्जस्ती करणी गर्ने विकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गर्दा प्रहरीसमक्ष आफूले गल्ती गरेको स्वीकार गरेको जनाएपछि विकलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

ad
ad