१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाटन ग्यास विस्फोट : मृतक चारैजनाको अन्त्येष्टि गरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:१३:oo

ललितपुरको मंगलबजारमा ग्यास विस्फोटमा परेर ज्यान गुमाएका चारैजनाको अन्त्येष्टि गरिएको छ। आइतबार साँझ मृतकका सबै आफन्त जम्मा भएपछि अन्त्येष्टि गरिएको हो। 

आगोमा जलेका चारैजनाको पोस्टमार्टमपछि अन्त्येष्टि गरिएको ललितपुरको ताम्राकार समाजले जनाएको छ। पाटन अस्पतालमा गरिएको पोस्टमार्टममा निसासिएर चारैजनाको ज्यान गएको पाइएको ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले जानकारी दिए। उनका अनुसार मृतक लक्ष्मीकृष्ण ताम्राकार र उनकी बुहारी रञ्जना ताम्राकारको शरीरको अधिकांश भाग जलेको थियो। लक्ष्मीकृष्णका नाति निर्जल ताम्राकारको शरीरको अगाडिको भाग जलेको थियो।

लक्ष्मीपूजाको दिन शुक्रबार साँझ म्ह पूजा गरिरहेका वेला घरमा आगलागी भएको थियो। दियोबाट लागेको आगो सिलिन्डरमा सल्कँदा भएको दुर्घटनामा एकै परिवारका चारजनाको मृत्यु भएको हो। उक्त घरभित्र ११ जना थिए। अन्यको प्रहरी र स्थानीयले उद्धार गरेका थिए। उद्धार गरिएकामध्ये दुईजनालाई अस्पताल लगिएको थियो। त्यसमध्ये एकजना डिस्चार्ज भएका र अर्का एकजनाको उपचार भइरहेको छ।

प्रहरीका अनुसार घरको दोस्रो तलाबाट आगो सल्किएको थियो। पुरानो शैलीको घर भएकोले उक्त घरमा काठको प्रयोग धेरै भएकोले पनि आगो छिटो सल्किएको प्रहरीको भनाइ छ। दियोबाट सल्किएको आगो झ्यालको पर्दा, अन्य कपडा, कागज हुँदै भर्‍याङ र थाममा सल्किएको थियो। काठ सल्किएपछि तातेर ग्यास सिलिन्डर पड्किएको थियो। ग्यास विस्फोटपछि आगोको मुस्लो घरको चौथो तलासम्म पुगेको ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्। उनका अनुसार पुरानो शैलीको घर भएकोले पनि उक्त घरमा आगो लागेपछि नियन्त्रण गर्न कठिन भएको थियो।

ad
ad