१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख ३१ सोमबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संखुवासभामा खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४९:oo

संखुवासभाको सभापोखरी गाउँपालिका- ६ मा सभाखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता  भएका छन्। शनिबार भाइटीकाको दिन बिहान  आठ वर्षीय विपन विश्वकर्मालाई खोलाले बगाउँदा मृत्यु भएको हो भने सँगै पौडी खेल्न गएका नाै वर्षीय ऋतिक विश्वकर्मा बेपत्ता भएको  जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ। 

उनीहरू सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारनजिकैको सभाखोलामा पौडी खेल्न गएका थिए। उनीहरूमध्ये विपनको शव करिब पाँच सय मिटर तल खोला किनारमा भेटिएको  प्रहरीले जनाएको छ। ऋतिक अझै बेपत्ता छन्। सभापोखरी– १ का ऋतिक सभापोखरी– ६ स्थित मावलीमा पाहुना गएका थिए। भाइटीकाको साइत भइसक्दा पनि उनीहरू घर नफर्किएपछि खोलामा खोज्न जाँदा खोला किनारमा लुगा फुकालिएको मात्र भेटिएको स्थानीयले बताएका थिए। त्यसपछि खोलाले बगाएको आशंका गरी प्रहरीलाई खबर गरिएको थियो। ऋतिकको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

ad
ad