
पछिल्लो २४ घन्टामा एक सय ८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ सय ३७ नमुना परीक्षणमा उक्त संक्रमण देखिएको छ। सोही अवधिमा ६ सय ४९ जना कोरोनामुक्त भएका छन्। दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभर आठ हजार चार सय १३ सक्रिय संक्रमित गरेका छन्।
कुल संक्रमितको संख्या नाै लाख चार हजार आठ सय चार पुगेको छ। कोरोनाका कारण हालसम्म ११ हजार चार सय ३८ जनाको मृत्यु भइसकेको छ भने सात लाख ९४ हजार तीन सय ३८ जना संक्रमणमुक्त भएका छन्।