महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कविगोष्ठीलगायतका कार्यक्रम गरिएका छन्। साहित्यिक पत्रकार संघ र कमलपोखरी छठपूजा समाजको संयुक्त आयोजनामा बुधबार कमलपोखरीमा साहित्यिक कार्यक्रम सन्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले देवकोटाको योगदानको स्मरण गर्दै कमलपोखरी क्षेत्रको विकासबारे प्रकाश पारे। वरिष्ठ नाट्यकर्मी अशेष मल्लले नेपाली साहित्यमा देवकोटाको योगदान अविष्मरणीय भएको बताउँदै नेपालले विश्वमा देखाउन सक्ने ती विशेष कुरामा सगरमाथा, बुद्ध र देवकोटा रहेको उल्लेख गरे।
कवि एवं समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी विद्यावारिधि गरिएको र सबैभन्दा बढी पुस्तक लेखिएका साहित्यकार सम्भवतः देवकोटा नै भएको बताए। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले देवकोटाको सम्झनाले नेपाली साहित्यकारले गौरवबोध गर्ने गरेको धारणा राखे।
सो अवसरमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, नियात्राकार युवराज नयाँघरे, दामोदर पुडासैनी, मन्जिला अनिल, गीता कार्की, शान्ति रिसाल, शशी रिमाल, शशि थापा, मुरारी सिग्देल, नीता श्रेष्ठ, पारू तिमिल्सिना, एलिशा ढुंगानालगायतले कविता वाचन गरेका थिए। संघका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनहरूमा पनि संघले यस्ता कार्यक्रम गर्ने जानकारी दिए। जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको थियो भने कौशिकी साहित्य प्रतिष्ठानले पुस्तक विमोचनको कार्यक्रम आयोजना गरेको थियो। रासस
महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
४ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
गृह मन्त्रालयका एक सय कर्मचारीको सरुवा
४ हप्ता अघि
सुझावित समाचार
दलितले मात्रै सुविधा पाएको भन्दै जनता आवासको कार्यविधि नै संशोधन
तर, कोशी प्रदेशमा ६० प्रतिशत दलित समुदाय अझै भुइँघरमा बस्न बाध्य
लुम्बिनीमा विषयगत समिति निष्क्रियजस्तै
वर्षमा १० देखि २४ बैठक, अध्ययन–अनुगमन कमजोर, प्रमुख दलका नेता नै छैनन् समितिमा, सरकार परिवर्तनसँगै सदस्य फेरबदलले पन…
सुदूरपश्चिम प्रदेश सभामा तीन सदस्यको पद रिक्त
धनगढी/सुदूरपश्चिम प्रदेश सभाका तीन सदस्यको पद रिक्त भएको छ । नौ महिनायता तीन सदस्य पदमुक्त भएपछि प्रदेश सभा अहिले ५० सदस्यीय छ …
बंगालको खाडीमा बनेको चक्रवात थप शक्तिशाली बन्दै
नेपालमा बिहीबार रातिबाट मध्यमदेखि भारी वर्षाको सम्भावना
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
लुम्बिनीको उत्कृष्ट सुरुवात, सुदूरपश्चिमले पावरप्लेमा चार विकेट गुमायो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को उद्घाटन खे…
दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, करिब तीन हजार घाइते
काठमाडौं/ दसैँको अवधिमा देशभर भएका एक हजार ३३९ सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइ…