मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका नेपालगन्ज
२०७८ कार्तिक १६ मंगलबार ०९:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाजसँग तीनवटा बँदेल ठोक्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगन्ज
२०७८ कार्तिक १६ मंगलबार ०९:३४:००

नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा रहेको सीता एयरको जहाज आज नेपालगन्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ ।  बिहान करिब ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगन्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्य सकुशल छन् । जहाज धावनमार्गमा गुडिरहेका वेला चालक दललाई जहाजको चक्कामा समस्या आएकोजस्तो अनुभूति भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए । जहाज रोकेर हेर्दा घटनास्थलमा तीन बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए ।     

जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट हटाइएको छ । जहाजको ठक्करबाट क्षतविक्षत भएका बँदेल धावनमार्गभरि छरिएका कारण विमानस्थलको उडान केहीबेर बन्द गरिएको विमानस्थलका प्रमुख झाले बताए । विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण वेलावेलामा बँदेल, स्याललगायतका जंगली जनावर जहाजसँग ठोक्किने गरेका छन् ।