१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नबिल बैंकबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम–व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नबिल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    
विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिस्ट्रार डा. दीपकबहादुर भण्डारीको उपस्थितिमा मानविकी तथा सामाजिक शास्त्र संकाय डिन, सहप्राडा अजय थापा र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन्। 
    
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्यालले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने उद्यमी जन्माउने कार्यलाई अभियानका रूपमा लैजाने बताउए । उनले परम्परागत शैलीको पठनपाठनमा आमूल परिवर्तन गरी विद्यार्थीलाई उद्यमशीलतामा आकर्षित ज्ञान र सीप दिने उद्देश्यले नेपालमै पहिलोपटक उद्यमशीलता विकासमा पठनपाठन सुरु गरिएको बताए ।
    
बैंकका सिइओ शाहले नेपालका ठुल्ठूला उद्यमी नबिल बैंकको ग्राहक भएको उल्लेख गर्दै बैंकमा यथेष्ट रकम डिपोजिट रहेको, तर बैंकको दिगो विकासका लागि उद्यमीलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालयजस्तो उत्कृष्ट संस्था भेटिएकाले आफू र आफ्नो टिमलाई निकै सन्तुष्टि प्राप्त भएको उल्लेख गरे। रासस