Skip This
लमजुङमा पाँचदलीय गठबन्धनले पालिकास्तरीय संरचना बनाउने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Saturday, 27 July, 2024
२o७८ कार्तिक ११ बिहीबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा पाँचदलीय गठबन्धनले पालिकास्तरीय संरचना बनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार १८:४४:oo

लमजुङमा पाँचदलीय गठबन्धनले पालिकास्तरमा संरचना बनाउने भएको छ । सत्तासीन दलका जिल्लामा क्रियाशील पाँचदलीय गठबन्धनको नेपाली कांग्रेसको कार्यालयमा बसेको संयुक्त बैैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले संघीय तथा गण्डकी प्रदेश सरकारले घोषणा गरेका नीति, कार्यक्रम, बजेटलाई अझ प्रभावकारी ढंगले जिल्लामा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, विकास र सुशासनको पक्षमा गठबन्धनको तर्फबाट जिल्लाका आठवटै पालिका एवं सबै वडाहरूमा सहयोग समन्वय गर्ने तथा सबैै पालिकाहरूमा पाँचदलीय गठबन्धनको तर्फबाट पदाधिकारीहरूको संयुक्त बैैठक बसी थप कार्ययोजना बनाई अघि बढ्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारीले बताए । 

उनका अनुसार बैठकले लमजुङमा अविरल वर्षाको कारण धानबालीलगायतका अन्नबालीहरूमा पुगेको क्षतिको यथार्थ मूल्यांकन गरी पीडित किसानहरूलाई उचित राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पाँचदलीय गठबन्धनको बैठक जिल्ला तथा पालिका तहमा नियमित आयोजना गर्नेलगायतका विषयहरूमा समेत छलफल गरेको छ । बेमौसमी वर्षका कारण बाढीपहिरोमा परी ज्यान गुमाउने पीडितहरूका लागि सरकारले राहत, पुनस्र्थापना तथा औषधी उपचारको उचित व्यवस्था मिलाउन विशेष आग्रह गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका जिल्लासचिव हरिप्रसाद बराल, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका इन्चार्ज पारसमणि पौडेल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज डा. बालकृष्ण बराल, सोही दलका जिल्ला अध्यक्ष रामबाबु अधिकारी, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष नरेन्द्रबहादुर गुरुङ, नेकपा (माओवादी केन्द्र) का कार्यालयसचिव हरिजङ्ग तामाङ, सोही दलका जिल्ला सदस्य सुनिल सुनारलगायत सहभागी थिए ।