१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस बझाङ
२o८१ बैशाख ३१ सोमबार १३:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भेटिएनन् बझाङको पहिरोमा बेपत्ता भएका १९ जना

Read Time : < 1 मिनेट
रासस बझाङ
नयाँ पत्रिका बझाङ
२o८१ बैशाख ३१ सोमबार १३:५१:oo

बझाङको थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ। 

यही कात्तिक पहिलो साता थलारा– ४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये चारजनाको मात्र शव फेला परेको थियो भने दुईजनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो। आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजीकार्य बन्द गरेको छ। 

घटनालगत्तै प्रहरी टोली हेलिकाेप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो। प्रहरी नायव उपरीक्षक रूपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरे पनि बेपत्ता व्यक्ति भेट्टाउन नसकेको बताए। ‘जिउँदै होलान् भन्ने आशा छैन। अब भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको छ,’ उनले भने। आवश्यक प्रक्रिया पुर्‍याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।

ad
ad