१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नियमावली संशोधन गरेर भए पनि प्रहरी संगठनभित्र सुधार हुँदै छ : गृहमन्त्री खाण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:१९:oo

गृहमन्त्री बालकृष्ण खाणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र केही सुधारका काम गर्न लागेको बताएका छन्। बुधबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पियनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरूलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै गृहमन्त्री खाणले सरकारले नेपाल प्रहरीको संगठनभित्र सुधारको काम गर्न लागेको बताएका हुन्।

नियमावली संशोधन गरेर भए पनि प्रहरी जवानहरूले उत्साहित भएर र आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन लागेको उनले बताए। प्रहरी संगठनको तल्लो तहबाट परिवर्तन ल्याउन सरकार लागेको उनको भनाइ थियो।  प्रहरीभित्र बढुवा गर्नका लागि थप पद सिर्जना गर्न लागेको पनि उनले जानकारी दिए। 

उनले भने, ‘सुरक्षा निकायले पनि, प्रशासनका कर्मचारी र प्रशासनका पदाधिकारीले पनि सबै नेपालीलाई सम्मान गर्नुहोस्। कुनै पनि अफिसमा बसेको अधिकृत वा हाकिमले कुनै नेपालीलाई तँ भन्नै पाइँदैन। सबैलाई सम्मान। त्यस्तै नेपाल प्रहरी र सुरक्षा निकायका प्रहरी अधिकृतहरूले पनि सबैलाई सम्मानार्थी शब्द प्रयोग गर्नैपर्ने त्यो हाम्रो निर्देशन जारी भएको छ। समानता व्यवहारमा पनि हुनुपर्यो। स्वतन्त्रता, समानताका हामी पक्षपाती। समान व्यवहार हामी सबैले गर्नुपर्छ। अहिले गृह मन्त्रालय र नेपाल सरकारले नेपाल प्रहरीमा केही परिवर्तन ल्याउन खोजिराखेको छ। तलबाट परिवर्तन ल्याउने कोसिस छ। नियमावलीमा संशोधन गरेर नेपालका सम्पूर्ण प्रहरी जवानहरू उत्साहित हुन सकून्। उनको पनि आत्मबल बढोस्। उनीहरू दिनरात सुरक्षाका लागि खटेका छन्, त्यहाँ कमीकमजोरी होला, ती कमीकमजोरीलाई सुधार्ने हो। तिनीहरू पनि नेपाली नागरिक हुन्। नेपाली नागरिक भएको कारणले तिनको पनि सुविधाको लागि, तिनको पनि भविष्यका लागि सोच्ने काम सरकारको हो। त्यो दायित्व पूरा गर्ने कोसिस हामीले गरिरहेका छौँ।’

गृहमन्त्री खाणले नेपाली कांग्रेसले सधैँभरि खेलाडीहरूलाई सम्मान गर्ने उल्लेख गर्दै अब हुने तीनै तहको निर्वाचनमा सर्वोत्कृष्ट खेलाडीलाई कांग्रेसले उम्मेदवार बनाउने प्रयत्न गर्ने पनि बताए। उनले भने, ‘नेपाली कांग्रेसले खेलाडीहरूलाई सदैव सम्मान गर्छ। आउने दिनमा प्रयत्न के रहन्छ भने स्थानीय निर्वाचनमा, प्रदेश निर्वाचनमा र प्रतिनिधिसभाको निर्वाचनमा पनि खेलाडीहरूमध्ये सर्वोत्कृष्ट खेलाडीलाई हामीले उम्मेदवार बनाउन सकियोस् भन्ने हाम्रो प्रयत्न छ।’

उनले आगामी वर्षको प्रतियोगितामा विजयी भएर आएमा फुटबल टिमका सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सम्मान गर्ने पनि बताए।

ad
ad