Skip This
जाजरकोटमा सेनाले बनायो रात्रिकालीन अवतरण गर्न मिल्ने हेलिप्याड
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Monday, 10 August, 2026
२o७८ कार्तिक ९ मंगलबार १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोटमा सेनाले बनायो रात्रिकालीन अवतरण गर्न मिल्ने हेलिप्याड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार १४:१२:oo

नेपाली सेनाले जाजरकोटमा रात्रिकालीन अवस्थामा हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ। नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाख रुपैयाँमा रात्रिकालीन अवस्थामा पनि सजिलै हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको हो। भेरी नगरपालिकासँगको सहकार्यमा उक्त हेलिप्याड निर्माण गरिएको गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले जानकारी दिए।

पटकपटक बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट समस्या भोग्दै आएको जाजरकोटले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएको थियो। हेलिप्याड निर्माणसँगै अब जिल्लाभित्रबाटै उद्धार तथा राहतका कामहरू रात्रिकालीन अवस्थामा समेत सजिलै गर्न सकिने भएको छ। हेलिप्याडको अभावमा वर्षौँदेखि रुकुम पश्चिमको चौरजहारी विमानस्थल प्रयोग गर्दा बिरामीको अवस्था गम्भीर बन्नेदेखि दूरी टाढा हुँदा राहतको कामसमेत ढिला हुँदै आएको थियो।

विभिन्न दुर्घटनादेखि विपत्ति एवं महामारीको वेलामा सिकिस्त बिरामीहरूको उद्धार एवं राहत वितरण कार्यमा उक्त हेलिप्याडले सहयोग पुर्‍याउने चन्दननाथ गणका गणपति प्रमुख सेनानी गोतामेले विश्वास व्यक्त गरे।

सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले उक्त हेलिप्याड गणभित्र नै निर्माण गरिएको छ। हेलिप्याडको श्री नं. ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उद्घाटन गरेसँगै विधिवत् रूपमा सञ्चालनमा ल्याइएको हो।