१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
लिमिमा खाद्यन्न अभाव भएपछि खाद्यन्न मागका  लागि सिमकोट आउँदै गरेका लिमेली युवाहरु।  फोटो सौजन्य : कन्चोक तामाङ
दीपक अधिकारी काठमाडाैं
Invalid date format १२:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लाको लिमीमा खाद्यान्न संकट, स्थानीयको पहलमा ल्याइएको खानेकुरा हिमपातले बाटोमै रोकियो

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँ तिल,जाँङ, हल्जीमा खाद्यान्न अभाव देखिएको छ। हिमपातले पाँच हजार मिटरको उचाइको न्यालुलेख आवतजावत बन्द भएसँगै नाम्खा गाँउपालिका–६ का तीन गाउँमा खाद्यान्न संकट बढेको हो । ८० घरपरिवार हल्जी,३० घरपरिवार जाँङ र २५ घरपरिवार तिल गाउँमा बसोवास गर्छन्। 

खाद्यान्न अभाव भएसँगै लिमि एकता तथा विकास समाजका युवाहरू मिलेर नेपालगन्ज, सुर्खेतबाट मगाएको खाद्यान्न हिमपातले न्यालुलेख बन्द पछि लिमी पुर्‍याउन समस्या भएको नाम्खा गाउँपालिका–६ जांगका युवा कन्चोक तामाङले जानकारी दिए ।

नेपालगन्ज र सुर्खेतबाट व्यक्तिगत रूपमा मगाएको मैदा र घ्यु सिमकोटमै थन्किएको तामाङले बताए । २० देखि ३० क्विन्टल खाद्यान्न मैदा किनेर सिमकोट पुर्‍याए पनि लिमीमा हिमपातले आवतजावत बन्दभएसँगै जिल्लामै थन्किएको तामाङले बताए ।  

गाउँमा खाद्यान्न अभाव देखिएपछि गाउँबाट पाँचजना युवाहरू जोखिम मोलेर सिमकोट आइपुगेको अर्का स्थानीय युवा तेन्जिङ नुर्बु लामाले बताए । तिल, जाँङबाट पाँचजना सिमकोट आएर मैदा नेपालगन्ज, सुर्खेतबाट मगाए पनि लिमसी लैजाने केही उपाय नभएको लामाले बताए । 

खाद्यान्न लिन छिरिङ क्याप लामा, तेन्जिङ नुर्बु लामा, सोनाम दोर्जी लामा, र कन्जोक तामाङ सदरमुकाम सिमकोट पुगेका छन्। हिमपातले नाम्खा गाउँपालिका–६ का तीन  गाउँमा खाद्यान्न अभाव हुँदासम्म पनि सरोकारवाला निकाय मौन देखिएका छन् । कार्तिक अन्तिमबाट हुम्लाको उच्च भूभाग हिमपातले आवतजावत ठप्प हुने गर्दछ। लकडाउनले हिल्सा नाका बन्द भएसँगै दुई वर्षदेखि लिमीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल पुर्‍याएको छैन।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट वर्षौंँदेखि चामल लिमी नपुगेको स्थानीयहरूको भनाइ छ ।
 
चीन सरकारले दिएको राहत चामलसमेत हिमपातले हिल्सा नाकामै थन्किएको स्थानीयहरूले गुनासो गरेका छन् । दुई वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले लिमीमा खाद्यान्न उपलब्ध गराउन सकेको छैनन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार नाम्खा गाउँपालिकाको लागि चार हजार क्विन्टल यस वर्ष टेन्डर आह्वान गरी सम्झौता भईसकेको बताए।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखामा भएको मौज्दात चामल  खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले  बिक्री–वितरण गरी आफू  सुर्खेत झरिसकेका छन्। सिमकोट शाखामा गोदाम रित्तो देखिएको छ ।