मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २१:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयुर्वेद चिकित्सक डा. शेषराज आचार्यको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २१:५४:oo

आयुर्वेद चिकित्सक तथा साहित्यकार डा. शेषराज आचार्यको ७८ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको छ । विसं २००० मा तनहुँमा जन्मिएका आचार्यले आयुर्वेदमा आचार्यसम्मको अध्ययन गरेका थिए ।

एकचालीस वर्ष नेपाल सरकारको सेवामा बिताएका उनी आयुर्वेदका विज्ञ थिए । उनले  नरदेवी आयुर्वेद औषधालय र आयुर्वेद विभागमा निर्देशक पदमा रही कार्य गरेका थिए। यसैगरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशकका रूपमा पनि उनले जिम्मेवारी निर्वाह गरेका थिए । 
                                             
कोरोना संक्रमित भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका आचार्यको आज दिउँसो निधन भएको उनका भाइ डा. व्रतराज आचार्यले जानकारी दिए । स्वर्गीय आचार्यका श्रीमती डा. कादम्बरी आचार्य, चार छोरा र दुई छोरी छन् । रासस