मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ। ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने जनाएको छ। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा यो वर्ष दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो। 

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइनेछ। सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ।

दुई सय मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र चार सय मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुुवाइनेछ। पोषण शाखा प्रमुख पराजुलीका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि  भिटामिन ‘ए’ ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिनेछ। जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन्।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले ०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि ०५६ बाट खुवाउन थालिएको हो। राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले बताए। रासस