१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तान आर्थिक संकटमा, दुई वर्षमा ५१ अर्ब डलर आवश्यक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:२६:oo

इन्टरनेसनल मनिटरी फन्ड (आइएमएफ)ले पाकिस्तान गम्भीर आर्थिक संकटउन्मुख रहेको बताउँदै उसलाई दुई वर्षमा आन्तरिक आवश्यकता पूरा गर्न ५१.६ अर्ब अमेरिकी डलर बाह्य आवश्यक रहेको जनाएको छ। द न्युज इन्टरनेसनलले आइएमएफलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार २०२१/२२ मा पाकिस्तानलाई २३.६ अर्ब अमेरिकी डलर आवश्यक छ भने २०२२/२३ का लागि उसलाई थप २८ अर्ब डलर आवश्यक देखिएको छ।

‘पाकिस्तानी अधिकारीहरू आइएमएफका अधिकारीहरूसँग यस विषयमा छलफलका क्रममा छन्,’ द न्युज इन्टरनेसनलले लेखेको छ। वासिङ्टन डिसीमा वार्ता चलिरहेको छ। हालको ६ अर्ब अमेरिकी डलर एस्टेन्डेट फन्ड फेसिलिटी (इएफएफ)बापत ऋण लिनुपर्ने अवस्थाबाहेक विश्व बैंक, एडिबीलगायत बहुपक्षीय ऋणदाताहरूबाट थप ऋण लिनुपर्ने अवस्था पाकिस्तानलाई आएको छ। आइएमएफले ६ अर्ब डलर ऋणमध्ये १ अर्ब डलर तत्काल भुक्तानी दिन तयार रहेको जनाएको छ।

विश्व बैंक र एडिबीले पनि पाकिस्तानलाई ऋण दिने भनेका छन्। तर, उनीहरूले परियोजना कार्यान्वयनको क्षमतालाई मध्यनजर राख्दै भुक्तानी अघि बढाउने जनाएका छन्। प्रधानमन्त्री इमरान खानका आर्थिक सल्लाहकार सौतक तरिनको सक्रियतामा आइएमएफसँग भएको वार्ता सकारात्मकउन्मुख भएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। तर, त्यो ऋणले मात्रै पाकिस्तानमा आर्थिक खाडल पूरा नहुने अर्थशास्त्रीहरूको भनाइ छ।

ad
ad