१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका डडेल्धुरा
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुरामा एक लाख नगदसहित २२ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

डडेल्धुरामा जुवाखालबाट २२ जना पक्राउ परेका छन्। बुधबार राति जिल्लाको अमरगढी नगरपालिका– ५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका– ४ बस्ने ५० वर्षीय इन्द्रबहादुर थापालगायत २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ओझाको घरमा जुवातास  खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार नाै सय ६० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। पक्राउ परेका अन्यको नाम भने प्रहरीले खुलाएको छैन।