१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य बुधबार काठमाडौं आइपुगेका छन् ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फर्किँदै छन् फिर्ता बोलाइएका राजदूत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१६:oo

सरकारी निर्णयअनुसार अघिल्लो सरकारले नियुक्त गरेका तीनजना ‘मन्त्रीस्तरीय’ राजदूतसहित सबै राजनीतिक पृष्ठभूमिका राजदूत स्वदेश फर्किन थालेका छन् । बुधबार भारतका लागि राजदूत नीलाम्बर आचार्य, बंगलादेशका लागि राजदूत डा. वंशीधर मिश्रलगायत फर्केका छन् । बाँकी राजदूतहरू कोही बाटोमा छन् भने कोही फर्किने क्रममा छन् । 

सेवा लम्साल, प्रवक्ता, परराष्ट्र मन्त्रालय

मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार राजदूतहरू फर्किने क्रममा हुनुहुन्छ, कोही आइसक्नुभएको छ, कोही बाटोमा हुनुहुन्छ ।

६ असोजको मन्त्रिपरिषद् बैठकले राजनीतिक पृष्ठभूमिका राजदूत सबैलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरूलाई एक महिनाको समयसीमा राखेर फिर्ता हुन परराष्ट्र मन्त्रालयले पत्राचार गरेको थियो । ‘मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार राजदूतहरू फर्किने क्रममा हुनुहुन्छ, कोही आइसक्नुभएको छ, कोही बाटोमा हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् । 

राजदूतहरू नीलाम्बर आचार्य (भारत), महेन्द्रबहादुर पाण्डे (चीन), डा. युवराज खतिवडा (अमेरिका), लोकदर्शन रेग्मी (बेलायत), प्रतिभा राणा (जापान), डा. वंशीधर मिश्र (बंगलादेश), नारदमुनि भारद्वाज (कतार), अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), शर्मिला पराजुली ढकाल (ओमान), दावाफुटी शेर्पा (स्पेन) र डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)लाई सरकारले फिर्ता बोलाएको हो । यी मुलुकमा अब उपनियोग प्रमुखहरूले कार्यबाहक राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । 

मुलुकको उच्च कूटनीतिक प्राथमिकता रहेका मुलुकहरूमा प्रतिपक्षी दलको विचार समूहमा आबद्ध राजदूतले परिवर्तित सन्दर्भमा नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने सत्तारुढ दलहरूको निष्कर्ष थियो । अघिल्लो सरकारले सिफारिस गरेका ११ जना प्रस्तावित राजदूतहरूको सिफारिस सरकारले यसअघि नै खारेज गरिसकेको छ । 

रिक्त रहेकामध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागबन्डाका आधारमा कम्तीमा १७ मुलुकमा राजदूत सिफारिस हुनेछन् । यसैगरी अब परराष्ट्र मन्त्रालयका सहसचिवमध्ये ६ जनाले राजदूत हुने अवसर पाउनेछन् । तर, राजदूत सिफारिसका लागि सरकारी तहमा अहिलेसम्म तयारी नभएको एकजना मन्त्रीले जानकारी दिए । विभिन्न मुलुकमा नेपालका ३० राजदूतावास, तीनवटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् । ३३ राजदूतमध्ये परराष्ट्र सेवाका १० जना कार्यरत छन् । 

२३ दूतावास नेतृत्वविहीन
भारत, चीन, अमेरिका, बेलायत, जापान, मलेसिया, बंगलादेश, ओमान, स्पेन, कतार, इजरायल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, रुस, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क, साउदी अरब, ब्राजिल, बहराइन, म्यानमार । 

यी हुन् फिर्ता बोलाइएका राजदूत
नीलाम्बर आचार्य  :  भारत
महेन्द्रबहादुर पाण्डे  :  चीन
युवराज खतिवडा  : अमेरिका
लोकदर्शन रेग्मी  : बेलायत
प्रतिभा राणा : जापान
डा. वंशीधर मिश्र : बंगलादेश
नारदमुनि भारद्वाज : कतार
अञ्जान शाक्य : इजरायल
उदयराज पाण्डे : मलेसिया
डा. निर्मलकुमार विश्वकर्मा : दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल : ओमान
दावाफुटी शेर्पा : स्पेन

ad
ad