१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३ बुधबार १५:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेमौसमी वर्षा : बाढी, पहिरो र डुबानमा परी ४८ को मृत्यु, ३१ बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १५:२८:oo

गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परी ४८ जनाको मृत्यु भएको जनाएको छ। बुधबार मध्याह्न १२ बजेसम्मको विवरणअनुसार देशभर गरी ४८ को मृत्यु भएको र ३१ जना बेपत्ता रहेको जानकारी दिएको हो। 

मन्त्रालयका अनुसार वर्षाका कारण कालिकोट, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेतलगायतका १९ जिल्ला प्रभावित भएका हुन्।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश सरकार, स्थानीय तहहरूको समेत सहयोगमा खोज, उद्धार तथा स्थानान्तरण भइरहेको छ।