मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १५:२१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश सभाको बैठक सार्न एमाले प्रदेश संसदीय दलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२१:oo

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सभाको बिहीबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ। एमाले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर पत्र पठाएको प्रदेश सभाको सचिवालयले जनाएको छ।

सो पार्टी संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा जिल्ला, प्रदेशस्तरलगायतका अधिवेशनका लागि केही दिनअघिदेखि नै पार्टीका कार्यकर्ता तथा जनप्रतिनिधिहरू होमिनुपरेकाले ४ गतेका लागि आह्वान बैठकमा प्रदेश सभा सदस्यहरू सहभागी हुन नसक्ने भएकाले मिति सार्न अनुरोध गरिएको जानकारी दिए।

प्रदेश सभाको सचिवालयलाई पत्र प्राप्त भएको र सभामुखसँग छलफल हुन बाँकी रहेकाले बैठक स्थगित हुने वा नहुने विषयमा तत्काल भन्न नसकिने सचिवालयले जनाएको छ। रासस