१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कार्यकर्तालाई राहत र उद्धारमा जुट्न उपसभापति निधिको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:५८:oo

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यकर्तालाई बाढीपहिरो र डुबान प्रभावितको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन्। उपसभापति निधिले बेमौसमी वर्षापछिको बाढीपहिरो र डुबानले देशका विभिन्न भागमा धनजनको ठूलो क्षति पुगेको भन्दै कार्यकर्ता र स्वयंसेवकहरूलाई यस्तो आग्रह गरेका हुन्।

‘भित्र्याउन ठिक्क पारिएको धानबाली पनि भिजेर नोक्सान भएको छ। नदी तटीय क्षेत्रका बासिन्दा जोखिममा छन्। कतिपय ठाउँमा विद्युत्, टेलिफोन र हवाई सेवा पनि अवरुद्ध छ,’ निधिले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा बाढीपहिरो र डुबानबाट प्रभावित भएकाहरूलाई यथाशक्य चाँडो उद्धार र राहतको व्यवस्था मिलाउन तथा अवरुद्ध सेवा नियमित गर्नेतर्फ सक्रियता देखाउन सरकारको ध्यानाकर्षण गराउँदछु।’

साथै उनले बाढीपहिरो र डुबानको जोखिम क्षेत्रमा रहेकाहरूलाई आवश्यक सावधानी अपनाउनसमेत अपिल गरेका छन्।

ad
ad