मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Saturday, 12 July, 2025
२o७८ कार्तिक ३ बुधबार १o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी गुरुङ पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १o:२४:oo

नयाँ पत्रिकाका संखुवासभा जिल्ला संवाददाता नवीन गुरुङ पुरस्कृत भएका छन् । संखुवासभा–काठमाडौं जर्नालिस्ट एसोसिएसन (एसकाज)ले मंगलबार  काठमाडौंमा एक कार्यक्रम गरी गुरुङलाई मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७७ प्रदान गरेको हो ।

यसैगरी मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७८ पाख्रीबास एफएमका स्टेसन म्यानेजर प्रेमप्रसाद निरौलालाई प्रदान गरिएको छ ।

मनराम प्रतिष्ठान र एसकाजको संयुक्त पहलमा ०७३ मा स्थापित पुरस्कार हरेक वर्ष संखुवासभामा रहेर पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकारलाई प्रदान गरिँदै आएको छ ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार यसअघि गंगा विष्ट, इन्द्र गिरी, दीपेन्द्र शाक्य र कृष्णराज शाक्यलाई प्रदान गरिएको छ । गत वर्ष कोभिड– १९ का कारण कार्यक्रम गर्न नसकिएकाले दुवै वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको एसकाजका अध्यक्ष शंकर खनालले बताए ।