१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख ३० आइतबार o८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

‘मोहम्मद डे’का अवसरमा  प्रदेश २ मा सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:५o:oo

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे) को अवसरमा मंगलबार प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ । नेपालसहित विश्वभरिका मुस्लिम समुदायमा ‘मोहम्मद डे’ धुमधामसँग मनाइने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सरकारले संघीय सरकारको सार्वजनिक बिदाबाहेक वर्षभरिमा ११ वटा विभिन्न चाडपर्व तथा अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैबीच, संघीय सरकारले पनि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

इस्लामिक महिना रविउलऔएलको १२ तारिखमा हजरत पैगम्बर मोहम्मदको जन्म सउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए ।

ad
ad