मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १ सोमबार
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १ सोमबार १२:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १ सोमबार १२:३२:oo

नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ तोकिएको छ। छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।
 
महासंघले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार दुई सय २५ रुपैयाँ तोकेको छ। चाँदी गत सोमबार प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको थियो।