१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

अनुगमन संयन्त्र नहुँदा निर्माणाधीन पुल अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:५१:oo

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका– ७, रेस जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ। वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले पुलको काम अगाडि बढ्न नसकेको बताइएको हो।  

यो पुलको पिल्लर ठड्याउने स्थानमा सामुदायिक वनको जग्गा पर्छ। मुद्दा परेकै कारण ढुंगा पनि फोड्न नपाएर पुल निर्माण ढिलाइ भएको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए । कुँडुले फेदीदेखि कालिमाटी, धम्जा, बिहुँ हुँदै भैरवस्थान जाने सडक पनि ठेकेदारबाट काम अलपत्र छ। २७ करोड ६८ लाखको यो आयोजनाको ५० प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले जानकारी दिए।

प्रदेश सरकारको बजेटमार्फत पूर्वाधार विकास कार्यालयले उक्त सडकको काम हेर्ने गर्छ। प्रदेश सरकारले कम्तीमा दुई पालिका जोड्ने अवस्था भएमा उक्त सडकलाई रणनीतिक सडक नामाकरण गरेको छ। यहाँ कतिपय स्थानमा दोहोरोपनसमेत भएको टिप्पणी सुरु भएको छ। बाग्लुङ नगरपालिकाले लगानी गरेर बनेको पैह्राबारी कालिमाटी सडकसमेत यही मार्गमा पर्छ। १४ किलाेमिटर सडकमध्ये यो सडक आयोजनाले विभिन्न स्थानका ट्रयाक जोड्ने काम मात्रै भएको छ। ग्राभेल गर्नुपर्ने यो सडकमा अहिलेसम्म काम अलपत्र छ। 

गत वर्ष नै सकिने गरी तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा शिलान्यास गरिएको डुडिया खोलाको पुल पनि अलपत्र छ। ढलान गर्ने क्रम सुरु हुनै लाग्दा पुलको संरचनामै समस्या आएको जनाउँदै भत्काइएको छ। यो पुल पुनः टेन्डर प्रक्रियामा जाने तयारीमा छ। यो पुलको काममा ‘डिजाइन’ कमजोर भयो वा निर्माण त्यसको ठोस उत्तर कसैले दिएको छैन।  

ad
ad