Skip This
मनकामना केबुलकार सञ्चालनमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३० शनिबार
  • Tuesday, 11 August, 2026
फाइल फोटो।
२o७८ असोज ३० शनिबार १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनकामना केबुलकार सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३० शनिबार १४:२७:oo

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो। 

विगतका वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकोमा यस वर्ष भने दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। नेपालकै पहिलो मनकामना केबुलकार कोरोना भाइरस संक्रमणका कारण लामो समय बन्द भएर ०७८ भदौ २३ गतेदेखि खुलेको थियाे । 

सेवा सुरु भएपछि गत भदौ २३ देखि असोज २७ गतेसम्म ५५ हजार मानिसले केबुलकारबाट सेवा लिएको नायब महाप्रबन्धक शेरचनले बताए ।