१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीको तम्घासनजिक जिप दुर्घटना, तीनको मृत्यु, ६ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:o४:oo

गुल्मीको तम्घासनजिक जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा मुसिकाेट नगरपालिका- २ जलजले बस्ने वर्ष ७२ का क्षेत्रबहादुर थापा, मुसिकाेट नगरपालिका- २ जलजले बस्ने वर्ष ४५ की राधिका थापा र मुसिकाेट नपा- ३ चुदरीगाउँ बस्ने वर्ष १९ की संगीता सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय  गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए।

बिहीबार राति पौने ११ बजे बुटवलबाट तम्घासतर्फ आउँदै गरेकाे गुल्मी यातायातकाे लु.१ज ४४९० नम्बरकाे जिप रेसुंगा नपा- १० पाचराते भन्ने स्थानमा दुर्घटना भएको हो।

सबै घाइतेको गुल्मी अस्पताल र पाल्पा उपचार भइरहेको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ। दुर्घटना भएको केहीबेरमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भट्टराईसहितको नेपाल प्रहरी, संग्राम शार्दुल गुल्म धागिथुमका उपसेनानी हिक्मतबहादुर चन्द नेतृत्वको नेपाली सेना र सशस्त्र प्रहरी बल गुल्म गुल्मीका सशस्त्र प्रहरी नायब निरीक्षक ध्रुव भुसाल नेतृत्वको सशस्त्र प्रहरीको टोलीले दुर्घटनामा उद्धारको काम गरेका थिए।