मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
२०७८ असोज २८ बिहीबार ११:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठडिँदै माछापुच्छ्रेको ‘सिंहदरबार’

Read Time : < 1 मिनेट
२०७८ असोज २८ बिहीबार ११:२४:००

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ। स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिंहदरबार’तयार हुने भएको हो।

पाँच  स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको छ। कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुंगाे लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनिक भवन बनाउन सकेका छैनन्। माछापुच्छ्रेले गाउँपालिकाको केन्द्र- ४ लाहाचोकस्थित सानोपाटन (साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा रु. ६ करोड ६२ लाख ११ हजार नाै सय ६ काे लागतमा बनाउँदै गरेको भवन अहिले निर्माणको अन्तिम चरणको पुगेको छ।

हाल गाउँपालिकाको प्रशासनिक कार्य साबिक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर सञ्चालन हुँदै आएको छ। प्रशासनिक भवनको स्ट्रक्चरको काम सकिएर अहिले रंगरोगन र वायरिङ सुरु गरिएको गाउँपालिकाका सबइन्जिनियर राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार समग्रमा ८५ प्रतिशत काम सकिएको छ। 

आगामी मंसिरभित्रमा सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने योजना छ। उनले भने, ‘प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवनको कम्पाउन्डको केही भाग, पार्किङ र रंगरोगनबाहेक अन्य काम सकिएको छ।’ रासस