१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Sunday, 06 July, 2025
२o७८ असोज २८ बिहीबार o८:४o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वन कार्यालयको आग्रह : चितुवाबाट ज्यान जोगाउन घरगोठ उज्यालो राख्नू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार o८:४o:oo

विगत केही वर्षयता तनहुँ जिल्लामा चितुवाको आतंक छ। बन्दीपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहनका लागि साँझ तथा रातको समयमा घरगोठ उज्यालो राख्न वन कार्यालय तनहुँले आग्रह गरेको हो।

‘एकपटक आक्रमण गरेको चितुवाले फेरि मानिसलाई आक्रमण गर्न सक्ने सम्भावना हुन्छ, त्यसका लागि सतर्क बन्नुपर्छ,’ डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, ‘घरगोठ बलियो पारौँ, झाडी सफा गरौँ, बिहान–साँझ एक्लै नहिँडौँ, बच्चालाई एक्लै घरबाहिर नपठाऔँ, बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गरौँ ।’

त्यस्तै, चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ। बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु. एक लाख रुपैयाँ प्रदान गरेको हो।

गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो। गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गरे। दुवै निकायले राहतस्वरूप तत्कालका लागि रु ५०–५० हजार सहयोग गरेका हुन्।