Skip This
समाचार पढेपछि मुसहर परिवारलाई सहयोग, दर्जी भन्छन्, ‘दसैँका लागि खाद्यान्‍न किनेर दिनुहोला’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o७:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समाचार पढेपछि मुसहर परिवारलाई सहयोग, दर्जी भन्छन्, ‘दसैँका लागि खाद्यान्‍न किनेर दिनुहोला’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४८:oo

भरतपुर– २७ पिपरा–दद्रेनीका मुसहर परिवारलाई नियमित डाइलइसिस गराइरहेका खेमबहादुर दर्जीले नगद सहयोग गरेका छन्। नयाँ पत्रिका अनलाइनमा बुधबार दसैँमा मुसहरको पीडासम्बन्धी समाचार छापिएपछि दर्जीले नगद सहयोग गरेका हुन्।

‘नयाँ घर पाएका मुसहरलाई दसैँमा छाक टार्नै गाह्रो’ भन्ने शीर्षकको समाचार पढेर उनले प्रतिपरिवार दुई हजारको दरले १० हजार रुपैयाँ सहयोग पठाएका छन्। 

दर्जीले नयाँ पत्रिकाकर्मीसँग टेलिफोनमा भने, ‘हुन त म आफैँ बिरामी छु। विपन्न र दलित तथा गरिबीको पीडा मैले पनि नजिकबाट बुझेको छु। आज बिहान उठेर समाचार हेरेँ। दसैँको समयमा अन्न नहुँदा जमरा नराखेका मुसहर समुदायको यो पीडालाई केही सहयोग गर्न व्यक्तिगत रूपमा १० हजार पठाएको हुँ, दसैँको लागि खाद्यान्न किनेर दिनुहोला।’

दर्जी नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेशका सहसंयोजक पनि हुन्। वर्षौँदेखि थोत्रो घरमा दसैँ मनाउँदै आएका भरतपुर २७ र २८ को पिपरा, दद्रेनीका पाँच मुसहर परिवारहरू अहिले भरतपुर महानगरपालिकाले निर्माण गरेको पक्की घरमा छन्। तर, दसैँको समयमा यहाँका पाँच घरका करिब ३० जनाको मुसहर परिवारमा दसैँमा के खाने भन्ने चिन्ता छ।