१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format o८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणगढ–बुटवल सडकखण्ड : धमाधम विद्युतकाे पोल हटाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format o८:oo:oo

नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ। विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो। अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको हो।

अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको ६ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ। काम नियमित हुँदा पनि एक वर्ष मात्रै अवधि बाँकी भएकाले ठेक्का अवधिभित्र सकिने देखिँदैन। अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिए।

राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्व–पश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ। केही दिन पहिलेसम्म सडकमा विद्युतकाे पोल स्थानान्तरण भइरहेको थियो। दसैँलगत्तै त्यसले निरन्तरता पाउने उनले बताए । उनले भने, ‘सडक विस्तार गर्दा सबैभन्दा ठूलो अवरोध नै विद्युतकाे पोल हो, त्यो हटाइसकेपछि कामले गति लिनेछ।’

पुलको निर्माण सुरु गर्नका लागि त्यहाँ पोल स्थानान्तरण भइरहेको आयोजनाले जनाएको छ। सो खण्डमा खानेपानीको पाइपको अवरोध छैन भने रूख काट्ने काम ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ। साढे तीन वर्ष अवधिमध्ये पहिले यहाँको संरचनाका कारण अवरोध पुगेको थियो भने झन्डै डेढ वर्षदेखि कोभिडका कारण नियमित काम हुन सकिरहेको छैन। अझै पनि कोभिडको संक्रमण हटिनसकेकाले आगामी दिनमा नियमित काम गर्न सकिने हो होइन भन्ने अन्याेल रहेको प्रमुख दृष्टिले बताए। रासस