Skip This
भरतपुरमा सस्तो मूल्यमा गुणस्तरीय सामान बेच्दै ‘ट्रेन्डी कलेक्सन’
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Wednesday, 12 August, 2026
२o७८ असोज २६ मंगलबार १४:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भरतपुरमा सस्तो मूल्यमा गुणस्तरीय सामान बेच्दै ‘ट्रेन्डी कलेक्सन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार १४:४३:oo

चितवनको भरतपुरमा सबै उमेर समूहलाई लक्षित गर्दै सबै प्रकारका रेडिमेड कपडा पसल सञ्चालनमा आएको छ। भरतपुरको हाकिम चोक (गौरीगन्ज जाने बाटोतर्फ)मा ट्रेन्डी कलेक्सनले सस्तो सुपथ मूल्यमा आकर्षक कपडा बिक्री–वितरण सुरु गरेको हो।

आर्थिक रूपमा सम्पन्नदेखि निम्न आर्थिक अवस्था भएका सबैलाई लक्षित गर्दै ट्रेन्डी कलेक्सन सञ्चालनमा ल्याएको यसका सञ्चालक सरोज देवकोटाले बताए। दसैँ, तिहार, छठलगायतका पर्वको अवसरमा बालबालिका, युवायुवती र वृद्धवृद्धा सबैलाई हुने विभिन्न ब्रान्डका कपडाहरू फिक्स मूल्यमा बिक्री गरिरहेको उनले बताए।

‘हामीले गुणस्तरलाई ध्यान दिएर दर्जनभन्दा बढी ब्रान्डका रेडिमेड कपडा बिक्री–वितरण गरिरहेका छौँ,’ देवकोटाले भने।