१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
साउ पाब्लो
२o८१ जेठ १ मंगलबार o७:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकप छनोटमा ब्राजिल लगातार नवौँ खेलमा विजयी

Read Time : > 1 मिनेट
साउ पाब्लो
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:५२:oo

सन् २०२२ को कतार विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार नवौँ खेलमा जित निकालेको छ । ब्राजिलले शुक्रबार बिहान भेनेजुएलालाई ३–१ ले हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ब्राजिलले दक्षिण अमेरिकी छनोटमा सर्वाधिक २७ अंक बटुलेको छ । ब्राजिल अंकतालिकाको शीर्ष स्थानमा छ । 

भेनेजुएलामाथि एकपक्षीय जित निकाले पनि ब्राजिलले मध्यान्तरअघि गोलका लागि संघर्ष गरेको थियो । खेलको ११औँ मिनेटमा रामिरेजले भेनेजुएलालाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा स्टार खेलाडीले भरिएको ब्राजिलले बराबरी गोल फर्काउन प्रयास नगरेको होइन । तर, ब्राजिलले भेनेजुएलाको डिफेन्स तोड्न सकेन र मध्यान्तरअघि एक गोलले पछि नै रह्यो । खेलको ७०औँ मिनेटसम्म एक गोलले पछि परेको ब्राजिल त्यसपछि खेलमा फर्कियो । 

खेलको ७१औँ मिनेटमा मार्किन्होसले ब्राजिललाई १–१ को बराबरी गोल फर्काए । बराबरी गोलसँगै ब्राजिलले खेलमा पकड जमायो । निरन्तर रूपमा भेनेजुएलाको पोस्टमा पोस्ट चार्ज भइरह्यो । खेलको ८५औँ मिनेटमा गाब्रियल बार्बोसाले ब्राजिललाई २–१ को अग्रता दिलाए । खेलमा पहिलोपटक ब्राजिलले अग्रता लिँदा पेनाल्टी गोलको साथ पाएको थियो । खेलको अन्तिम इन्जुरी समयको पाँचौँ मिनेटमा एन्टोनीले ब्राजिललाई ३–१ को जित पक्का गराए । 

उरुग्वे पनि रोकियो
दुईपटकको पूर्वविजेता उरुग्वे कोलम्बियासँग गोलसहित बराबरीमा रोकिएको छ । यसैगरी, इक्वेडरले बोलिभियामाथि ३–० को महत्वपूर्ण जित निकाली तीन अंक बटुल्यो । पेरुले चिलीलाई २–० ले पाखा लगायो । उरुग्वेले लिगमा समान चार जित र बराबरी नतिजा निकालेको छ । इग्वेडरले भने लिगमा पाँच जित, एक बराबरी तथा चार हारको सामना गरेको छ । 

यसैगरी, कोलम्बियाले १० खेलमा तीन जित, पाँच बराबरी र दुई हार निकालेको छ । दक्षिण अमेरिकी छनोटमा भेनेजुएलाले १० खेलमा एक हार र एक बराबरी नतिजा आत्मसात् गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा शीर्ष चार स्थानमा रहने टोली अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट हुनेछन् । इक्वेडर १६ अंकका साथ तेस्रो स्थान र उरुग्वे पनि १६ अंकका साथ चौथो स्थानमा छन् । गोलअन्तरमा उरुग्वे चौथो स्थानमा रहेको हो । १४ अंक बटुलेको कोलम्बिया पाँचाैँ स्थानमा छ ।

अर्जेन्टिना बराबरीमा 

विश्वकप छनोटअन्तर्गत नै अर्को खेलमा अर्जेन्टिना पाराग्वेसँग गोलरहित बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले छनोट चरणमा यो चौथो बराबरी नतिजा हात पारेको हो । अर्जेन्टिना १९ अंकका साथ दोस्रो स्थानमा छ । अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको पाराग्वे १२ अंकका साथ छैटौँ स्थानमा छ । 

असुन्कसन मैदानमा अर्जेन्टिनाले दुईपटक स्पष्ट गोल अवसर चुकाएको थियो । दोस्रो हाफमा कप्तान लियोनल मेसीले डिबक्सबाहिरबाट प्रहार गरेको फ्रिकिक बारनजिक हुँदै बल बाहिरिएको थियो । यसैगरी, खेल सकिन दुई मिनेटअघि जाक्विन कोरेएले सहज गोल अवसर खेर फालेका थिए । पाराग्वेका कार्लोस गोन्जालेजले निकै क्लोज रेन्जबाट गोल गर्न चुके । खेलमा अर्जेन्टिनाले नै बल पोसेसन बनाएको थियो ।

तर, अर्जेन्टिनाले गोल गर्न भने सकेन । खेल समाप्ति भएसँगै मैदानमा मेसीका समर्थकले उनलाई सेल्फी खिच्न घेरेका थिए । मेसीले सहजै आफ्ना समर्थकलाई सेल्फी खिच्न अनुमति दिएका थिए । 

ad
ad