Skip This
सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सन् २०२१ सम्म ४० प्रतिशतलाई खोप लगाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ। संगठनले विश्वका सबै देशमा सन् २०२२  को मध्यसम्ममा कम्तीमा ७० प्रतिशत नागरिकले पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको हो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार ती लक्ष्यका बारेमा विश्वका देशहरूलाई जानकारी गराएका हुन्। उनले विश्वमा कोरोना भाइरसविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरूलाई आग्रह गरेका छन्।

उनले बाँच्न पाउनु हरेक नागरिकको अधिकार रहेको भन्दै विश्वका धनी देशहरूले गरिब तथा तेस्रो विश्वका देशहरूलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन्।