मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १५:४२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ का पाँच स्थानीय तहको वडासंख्या र सिमाना हेरफेर गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

प्रदेश १ का पाँच स्थानीय तहका वडाको संख्या र सिमाना हेरफेर गरिने भएको छ। स्थानीय तहहरूको प्रस्तावअनुरूप बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले वडासंख्या र सिमाना हेरफेरका लागि संघीय सरकारलाई सिफारिस गरेको हो।

संखुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका, उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुंगा गाउँपालिकाले प्रस्ताव गरेअनुसार वडाको संख्या र सिमाना हेरफेरका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। सिमाना र वडाको संख्या हेरफेरका लागि प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गर्ने संवैधानिक प्रावधान छ।

बैठकले प्रदेशको राजस्व स्रोत पहिचानका लागि पाँच सदस्यीय उच्चस्तरीय राजस्व अनुसन्धान कार्यदलसमेत गठन गरेको छ। कार्यदलले प्रदेशको आन्तरिक राजस्वको स्राेत पहिचान, वृद्धि, सम्भावनाबारे अध्ययन गर्नेछ। यसैगरी प्रदेश पर्यटन बोर्ड नियमावली, २०७८ लाई स्वीकृत गरेको छ। नियमावली स्वीकृत भएसँगै अब सरकारले प्रदेश पर्यटन बोर्ड गठन गर्ने बाटो खुलेको छ।

१४ वटै जिल्लामा विषयगत कार्यालय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरी अर्को बैठकले कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिने मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । १४ जिल्लामा विषयगत कार्यालय स्थापनाको निर्णय यसअघि नै भइसकेको छ।