१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फुसको छानारहित गाउँपालिका निर्माणका लागि रंगीन जस्तापाता वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:३३:oo

धनकुटाको चौबिसे गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका निर्माण गर्ने अभियानअन्तर्गत रंगीन जस्तापाता गाउँपालिकाले वितरण गर्न सुरु गरेको छ ।नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत  स्थानीय सरकारले सो अभियान सुरु गरेको हो । सोही अभियानअन्तर्गत चौबिसे गाउँपालिकाले वडा नं. ५ को बोधेमा ७० घरपरिवारलाई रंगीन जस्तापाता वितरण गरेको छ ।

सो वडाका फुसको छाना भएका ७० घरपरिवारलाई गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, वडाध्यक्ष पदमकुमार देवानलगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा जस्तापाता वितरण गरिएको चौबिसे गाउँपालिका धनकुटाले जनाएको छ । 

चौबिसे गाउँपालिकाअन्तर्गत आठवटा वडाहरू रहेका छन् । वडा नं. ५ बोधेबाट जस्तापाता वितरण गर्न सुरु गरिएको छ । उक्त अभियान गाउँपालिकाको सबै वडाहरूमा सञ्चालन गरिने चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । अहिले वितरण गर्न सुरु गरिएकोमध्ये वडा नं. २ मा ३० घर, वडा नं. ३ र ४ मा ५०–५० घर, वडा नं. ५ मा अघिल्लो वर्षको सहित ७५ घर, वडा नं. ७ मा ४० घर र वडा नं. ८ मा ३० घर रहेका छन् ।

प्रत्येक घरलाई ५० हजार मूल्यबराबरको जस्तापाता वितरण गरिएको छ । संघीय सरकारको अनुदानबाट उक्त जस्तापाता ६ वटा वडाहरूमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए । अन्य बाँकी रहेका वडा नं. १ र ६ मा भने गाउँपालिकाको लगानीबाट वितरण गरिनेछ । उक्त वडाहरूमा कति संख्यामा वितरण गर्ने भन्ने विषयमा फुसको घर संख्याको विवरण संकलन गर्ने कार्य भइरहेको पनि अध्यक्ष राईले बताए ।   
 

ad
ad