१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस जुम्ला अधिवेशन : प्रदेश मतगणना स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

जुम्ला कांग्रेस अधिवेशनको प्रदेश (क) र (ख) दुवै क्षेत्रको मतगणना स्थगित गरिएको छ। प्रदेशको मतगणना शनिबार बिहान ५ बजेदेखि स्थगित भएको हो। 

मतदान गरेको मतपत्र गणना गर्ने क्रममा विवाद भएपछि मतगणना स्थगित गरिएको छ। प्रदेश (क) का मतदान अधिकृत हेमन्त महतका अनुसार तीनवटा पानाको मत थियो। मतपत्र मिलाउने क्रममा केही प्राविधिक त्रृटिले मतपत्र नमिल्दा केही समस्या आयो। त्यो मतपत्र बदर गर्ने र पुनः मतगणना सुचारु गर्ने सल्लाह गर्ने भन्दाभन्दै सहमति नहुँदा मत गणना कार्य सुचारु हुन सकेको छैन। उनले भने अन्य पदाधिकारीको दुई समूहबीच धेरै मतान्तर छ। सभापतिको भने २७ मतले मात्रै पौडेल समूहका सभापति उम्मेदवार लक्षिमन बोहरा अगाडि छन् ।  

प्रदेश (क) मा ५०७ मत मतमध्ये ४९८ मत सखेको हो। ४२६ मत गणना भइसकेको पौडेल समूहका सचिव उम्मेदवार तीर्थराज न्यौपानेले बताए। उनले भने अब थोरै ७२ मात्रै मात गणना गर्न बाँकी थियो मत गणना नै स्थगित भयो।