१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिक्षक दरबन्दी मिलान नगरेको भन्दै गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२३:oo

रसुवामा शिक्षक दरबन्दी मिलान नगरेको भन्दै कालिका गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । जिल्लाको कालिका गाउँपालिका–१ स्थित ग्राङ आधारभूत विद्यालयमा शिक्षक दरबन्दी मिलान नगरिएको भन्दै गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको हो ।

बिहीबार विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू गाउँपालिकाको शिक्षा शाखामा गई तालाबन्दी गरेका समितिका अध्यक्ष डुप्साङ तामाङले बताए । शिक्षक दरबन्दी मिलानको लागि गाउँपालिकामा पटकपटक अनुरोध गर्दा बेवास्ता गरेपछि आफूहरू बाध्य भई शिक्षा शाखामा तालाबन्दी गरेको उनले बताए । ‘हामीले विगत लामो समयदेखि विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्नुपर्यो भनेर पटकपटक आग्रह गर्यौंँ। तर, गाउँपालिकाले यसलाई बेवास्ता गर्यो। कलिला बालबालिकाहरूको भविष्यमा खेलबाड गर्ने खालका गतिविधि गरिरहेको हुनाले स्थानीय बासिन्दा, अभिभावक तथा अन्य सरोकारवालाहरू गई तालाबन्दी गरेका हौँ,’उनले भने ।

शिक्षक दरबन्दी मिलान नगरेसम्म तालाबन्दी कायम राखिने उनले बताए । आधारभूत तहसम्मको सम्पूर्ण दरबन्दी तीन दिनभित्र पूरा हुने गरी शिक्षक उपलब्ध गराउन उनीहरूले माग गरेका छन् । यो विद्यालय गत शैक्षिक सत्रदेखि प्राथमिक तहबाट आधारभूत तहमा परिणत भएको थियो ।

बाल विकासदेखि कक्षा ७ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा करिब दुई सय विद्यार्थी छन् । ८ जनाको दरबन्दी हुनुपर्ने विद्यालयमा विगत ४ महिनादेखि तीन शिक्षक मात्र छन् । कोरोना महामारीपछि विद्यालय सञ्चालनमा आइसके पनि शिक्षक नहुँदा विद्यार्थी मर्कामा परेका छन् ।

 

ad
ad