मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक : आज पनि एमालेको अवरोध, अध्यादेश खारेजीको सूचना सुनाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५२:oo

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ। दिउँसो  १ बजे बोलाइएको बैठकमा यसअघिझैँ बैठक सुरु हुनासाथ एमालेले अवरोध सुरु गरेको थियो।

एमालेको अवरोधपछि सभामुख अग्नि सापकोटाले अदालतमा विचाराधीन मुद्दालाई लिएर सदनमा छलफल हुन नसक्ने भन्दै अवरोध रोक्न अनुरोध गरेका थिए। तर, अवरोध कायमै रहेपछि सभामुख सापकोटाले बैठकलाई निरन्तरता दिएका थिए। बैठकमा उनले राष्ट्रपति कार्यालयको सूचना पढेर सुनाएका थिए।

सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संशोधन) खारेज भएको सूचना र आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको सूचना सुनाएका थिए। यससँगै अर्को बैठक असोज १९ गते बस्ने गरी स्थगित भएको छ।