१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सरकार गठनका लागि कांग्रेस नेतृत्वको प्रस्तावमा शेखर कोइरालाको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:o२:oo

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बागमती प्रदेशमा सरकार गठनका लागि कांग्रेस नेतृत्वले गरेको प्रस्ताव आपत्तिजनक भएको बताएका छन्। सरकार गठनको प्रस्तावबारे सामाजिक सञ्जालमार्फत कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘बागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ। यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ,’ उनले भनेका छन्।

उनले यस्ता गतिविधिले संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउने भएकाले यसतर्फ कांग्रेस सजग हुनुपर्ने उल्लेख गरेका छन्। यस्ता व्यवहारले कांग्रेस र  आमजनमानसमा गलत सन्देश जाने उनको जिकिर छ।

‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरू र आमजनतालाई के सन्देश दिन खोजिएको हो ?’ उनको प्रश्न छ, ‘यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु।’

बागमती प्रदेशमा सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेको  थियो।

ad
ad